अन्तर्राष्ट्रियखेलकुदजीवनशैली/स्वास्थ्यफोटोफिचरबजार/अर्थतन्त्रमनोरन्जनराशिफलराष्ट्रियविचारसूचना प्रविधि

नेपाल नेत्रज्योति सघ पर्साको २१ औ वार्षिक साधारण सभा सम्पन्न

नेपाल नेत्रज्योति सघ पर्साको २१ औ जिल्ला वार्षिक साधारणसभा बिरगंजको लक्ष्मणुवा स्थित ज्येष्ठ नागरिक पार्कमा सम्पन्न भएको छ ।

पर्सा शाखाका सभापति भगवती प्रसाद चौधरीको सभापतित्वमा भएको सभामा प्रमुख अतिथि केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेलले उदघाटन गरेका थिए । बिहीबार भएको साधारणसभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगती प्रतिवेदन संस्थाका सचिव सीताराम उपाध्यायले प्रस्तुत गरेका थिए ।

आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष दिपिका श्रेष्ठले गरेकी थिईन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरिष्ठ उपाध्यक्ष पोखरेलले आँखाको क्षेत्रमा सबैको प्रतिबद्धता हुनुपर्ने र बालबालिकादेखि ज्येष्ठ नागरिक लगायत सबैले नेत्रज्योतिको सेवा सुबिधाबाट लाभ उठाउनु पर्ने कुरामा जोड दिए ।

उनले गाउँ गाउँ सम्ममा सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए । २१ औ वार्षिक साधारण सभामा सहभागी सबैलाइ उपाध्यक्ष मदन प्रसाद गुप्ताले स्वागत मन्तव्य राखेका थिए । धन्यवाद मन्तव्य निमित्त सभापति श्रीमती मधु राणाले गरेकी थिईन् । वर्ष भरिमा नयाँ आजीवन सदस्यता प्राप्त गरेकाहरुलाई प्रमाणपत्र बितरण गरिएको थियोे ।

कार्यक्रममा नेपाल रेडक्रस मधेस प्रदेशका अध्यक्ष फुलमहम्मद मिया, रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कंडेल, कोषाध्यक्ष महन्थ प्रसाद यादव, दिना गुप्ता, अनिल रिजाल, मधु राणा, उमेश गुप्ता, वसन्त कुमार, सुरेन्द्र सरार्फ, महानन्द गुप्ता, समिता कर्ण, अन्जली चौधरी, ग्यासुदिन ठकुराइ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सचिव सीताराम उपाध्यायले गरेको नेत्रज्योती संघ जिल्ला कार्यसमिति सदस्य राजन श्रीवास्तवले जानकारी गराए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button