अन्तर्राष्ट्रियखेलकुदजीवनशैली/स्वास्थ्यफोटोफिचरबजार/अर्थतन्त्रमनोरन्जनराशिफलराष्ट्रियविचारसूचना प्रविधि

क्रियाशील पत्रकार मञ्चद्वारा पत्रकार महासंघका निर्वाचित पदाधिकारीहरुलाई सम्मान

क्रियाशील युवा पत्रकार मञ्च नेपालले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ । वीरगन्जको होटल त्रिशलामा बिहीबार आयोजना गरेको कार्यक्रममा पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको हो ।

क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष प्रणय कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएका प्रथम महिला डा.मञ्जु श्रेष्ठ तथा क्रियाशील युवा पत्रकार मञ्च नेपालका पदाधिकारीले निर्वाचितहरू पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डा.श्रेष्ठ, नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक केसी लामिछाने, पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा व्यापार समिति सभापति डा.सुवोध गुप्ता, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, बरिष्ठ उपाध्यक्ष हरि गौतम, डा.निरज सिंह लगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button