राष्ट्रिय

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै चितवनमा धर्ना

चैत ५, काठमाण्डौ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै चितवनमा पनि धर्ना दिएका छन्।

बिहीबार बिहान साढे ८ बजे चितवनका युवाहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन्। उनीहरूले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ?’ भन्दै उनीहरूले धर्ना दिएका हुन् । उनीहरूले १५ देखि ३० मिनेटका लागि मौन प्रदर्शन गरेका हुन्।

समूहका संयोजक सापकोटाले सरकारले पारदर्शिता अपनाउँदै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिलाउनुपर्ने माग राखेका छन्।

आन्दोलनकारीहरूले शान्तिपूर्ण प्रदर्शन गर्दै प्रशासनलाई ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत गरेका थिए। उनीहरूले आफ्ना माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

यसैगरी जेनजी अगुवाहरूले पाँच दिन देखि काठमाडौंको माइतीघरमा पनि प्रदर्शन गर्दै आएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button