Banner Newsराष्ट्रिय

जनताको घरदैलोमा इन्जिनियर पुजा झा यादव, लक्ष्मीपुर पुगेर सुनिन् स्थानीयका समस्या र गुनासो

राजधानी टेलिभिजन संवाददाता
१६ गते, सोमबार ।
रौतहट । रौतहट जिल्लाको गढीमाई नगरपालिकामा आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै मेयर पदका सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेकी इन्जिनियर पुजा झा यादव पछिल्लो समय जनता संगको प्रत्यक्ष भेटघाट र संवादमा सक्रिय देखिएकी छिन् ।

यसै क्रममा उनी गढीमाई नगरपालिका वडा नं. ४ अन्तर्गत पर्ने लक्ष्मीपुर पुगेर स्थानीय बासिन्दा संग भेटघाट, छलफल तथा अन्तरक्रियामा सहभागी भएकी छिन् । भेटघाटका क्रममा उनले स्थानीय नागरिकका समस्या, आवश्यकता, अपेक्षा र जनगुनासो सुन्ने प्रयास गरेकी थिइन् ।

जनता संग प्रत्यक्ष रूपमा जोडिएर उनीहरूका कुरा सुन्नु र स्थानीय आवश्यकताबारे जानकारी लिनु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ । जनताको वास्तविक समस्या बुझेर मात्रै विकास र समृद्धिको प्रभावकारी योजना बनाउन सकिने उनको धारणा रहेको छ ।

लक्ष्मीपुरका स्थानीय बासिन्दा संगको भेटघाट बाट आफू निकै उत्साहित भएको बताउँदै इन्जिनियर यादवले जनताको साथ, माया र समर्थनले आफ्नो मन हर्षित भएको प्रतिक्रिया दिएकी छन् ।

उनका अनुसार जनताको विश्वास र सद्भाव नै सामाजिक तथा राजनीतिक यात्रामा अगाडि बढ्ने सबैभन्दा ठूलो प्रेरणा हो । जनताका अपेक्षा र सुझावलाई आत्मसात् गर्दै नगरपालिकाको समग्र विकास, सुशासन र जनमुखी सेवाका विषयमा निरन्तर संवाद गर्ने उनको प्रतिबद्धता रहेको छ ।

स्थानीय तहको नेतृत्वमा जनताको आवाज सुन्ने, उनीहरूका समस्यालाई प्राथमिकता दिने र विकासका योजनालाई जनताको आवश्यकता संग जोड्ने नेतृत्वको अपेक्षा भइरहेका बेला इन्जिनियर पुजा झा यादवको घरदैलो भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

जनतासँगको निकटता, प्रत्यक्ष संवाद र जनगुनासो सुन्ने सक्रियतालाई आफ्नो प्राथमिकतामा राख्दै अगाडि बढिरहेकी इन्जिनियर पुजा झा यादवको यो अभियानले गढीमाई नगरपालिकाको भावी नेतृत्वसम्बन्धी राजनीतिक बहसलाई समेत थप चासोपूर्ण बनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button